प्रदेश १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमण

लोकपथ
0
Shares

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा सबैभन्दा बढी मोरङमा २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा झापामा १५६, सुनसरीमा १२०, धनकुटामा ११, उदयपुर र इलाममा छ÷छ, तेह्रथुममा तीन, पाँचथरमा दुई, सङ्खुवासभामा एक र प्रदेश बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहाडी, मध्यपहाडी तथा हिमालका भन्दा तराईका जिल्लामा अत्यधिक कोरोना सङ्क्रमण देखिएको हो । एक हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र एक हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्थानीय पालिकाअनुसार सबैभन्दा बढी मोरङको विराटनगरमा २३३, बेलबारीमा २०, झापाको बिर्तामोडमा ३९, दमकमा २५, भद्रपुरमा २४, सुनसरीको इटहरीमा ४२ र धरानमा ५९ जनासहित ५५ पालिका सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १२३ महिलासहित २७२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात हजार १८५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?