राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा, विजेताको मतभार हेर्नुहोस्

लोकपथ
2.2k
Shares

निर्वाचन आयोगले बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ। नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा र जयन्ती देवी राई विजयी भएका छन् ।

यस्तै मधेस प्रदेशमा उर्मिला अर्याल, मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सना र कृष्ण प्रसाद पौडेल विजयी हुँदा गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार र सुरेश आले मगर विजयी भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

यस्तै लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा र युवराज शर्मा विजयी भएका छन् भने कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट र उदयबहादुर बोहरा निर्वाचित भएका छन् । यसैगरी सुदूरपश्चिममा मदन कुमारी शाह, जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?