सुक्खा पहिरोमा परेर एक कामदारको मृत्यु

RSS
104
Shares

रसुवा । विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिरोका कारण आज जिल्लामा एक कामदारको निधन भएको छ ।

सो पहिरोमा परी निधन हुनेमा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–६ ठाडे गाउँ निवासी अन्दाजी ५५ वर्षीय ग्याल्वोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

निमित्त प्रहरीप्रमुख गणेश सापकोटाका अनुसार निर्माण हुन लागेको ७८ मेगावाट क्षमताको सालासुंगी हाइड्रो पावर जाने सडक विस्तारका क्रममा पहिरो जाँदा तामाङको मृत्यु भएको हो । घटनास्थल थाम्वुचेतमाथि तातोपानी जाने बाटोको गोङगाङ गाउँमाथि भएको बताइएको छ।

यस्तै सोही पहिरोमा परी गम्भीर घाइते हुने अर्का कामदार आमाछोदिंमो गाउँपालिका–५ गोङ्गाङ निवासी ५४ वर्षीय कार्साङ तामाङलाई भने उपचारार्थ सिम्रिक एअरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?