सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
130
Shares

सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा गत माघ ११, २०७८ मा सम्पन्न भएको छ । बैठकमा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरिएको सर्वाेत्तम सिमेन्ट लिमिटेडले जनाएको छ ।

लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७÷२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने निर्णय सहित आ.व.२०७७-२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टस् लाई नियुक्त गर्ने निर्णय गरिएको सर्वाेत्तम सिमेन्ट लिमिटेडले जनाएको छ । साथै, विशेष प्रस्तावहरु अन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन ६०,००,००० कित्ता शेयर निष्काशन बुक विल्डिङ्ग (Book Building) विधिवाट गर्ने तथा धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि रु. १५,०१,००,००० (अक्षेरेपी पन्द्र करोड एक लाख मात्र) मा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय समेत गरिएको सर्वाेत्तम सिमेन्ट लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?