देश र धर्म बचाउन राप्रपाको अभियानमा सहभागी हुन युवालाई राजेन्द्र लिङ्देनको आह्वान

लोकपथ
442
Shares

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने र धर्म जोगाउने आफ्नो पार्टीको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरेका छन् ।

राप्रपा केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यथास्थितिको निरन्तरताले देश बर्बाद हुने भएकाले देश र धर्मको रक्षाका लागि युवाहरू लागि पर्नुपर्ने बताए । यसका लागि राप्रपाको देश र धर्म रक्षाको अभियानमा सहभागी हुनुपर्ने उनको भनाइ छ ।

‘यथास्थितिको निरन्तरताले देश बर्बाद हुने अवश्यम्भावी छ, युवाहरुले राजनीतिलाई घृणा गर्ने होइन, देश बचाउने र धर्म जोगाउने राप्रपाको अभियानमा समाहित हुन ढिला नगरौं किनकि हामीसँग समय कम छ,’ अध्यक्ष लिङ्देनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?