१३ जेष्ठ २०७९, शुक्रवार

मछिन्द्रलाई पराजित गर्दै एपीएफ आहाराराको फाइनलमा

२०७८,माघ,१२,बुधबार १७:०१

0
Shares

काठमाडौं । दश खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई बुधबार ३–१ अन्तरले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहारारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

सहिद स्मारक ए डिभिजन लिग लिडर मछिन्द्रलाई पराजित गर्ने क्रममा एपीएफका लागि सनिष श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले एक(एक गोल गरे । मछिन्द्रका ओमोलाजा करिमले सान्त्वना गोल गरे ।

पराजित भएसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । अब, उपाधिका लागि एपीएफले मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको विजेतासँग खेल्ने छ ।

खेलको २५औँ मिनेट एपीएफले अग्रता बनाएको थियो । मणि लामाको फ्रि(किकमा सनिषले हेड गोल गरे । खेलको ४०औँ मिनेटमा करिमले बराबरी गोल फर्काए । कप्तान रन्जित धिमालको फ्रि(किकमा करिमले बक्सबाट उत्कृष्ट हेड गर्दै बराबरी गोल गरे ।

खेलको ६८ मिनेटमा एपीएफले पुनः अग्रता बनायो । यसपटक प्रदीप लामाले गोल गरे । कप्तान नवीन लामाले मैदानको दायाँ भागबाट गरेको क्रसमा बक्सभित्रबाट प्रदीपले मछिन्द्रका गोलरक्षक सूर्य अधिकारीलाई बिट गर्दै सहज गोल गरे ।

खेलको इन्जुरी समयको आठौँ मिनेटमा कप्तान नवीन लामाले गोल गर्दा एपीएफले सहज जित पायो । आभाष लामिछानेको प्रहार गोलरक्षक सूर्य अधिकारीले रोकेको रिबाउण्डमा नवीनले खाली पोष्टमा गोल गरे ।

खेलको दोस्रो हाफमा मछिन्द्र १० खेलाडीमा सिमित भएको थियो । रेफ्री कविन्द्र व्यञ्जनकारविरुद्ध आपत्ति जनाउँदै ‘डेड बल’ हिर्काएपछि करिमले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

प्रतियोगितामा दुबै टोली आफ्ना मुख्य खेलाडीविना मैदान प्रवेश गरेका थिए । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठसहित, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, विमल घर्ती मगर, मनिष डाँगी, सुनील बल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । यता, एपीएफका आशिष लामा बन्द प्रशिक्षणमा रहेका छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनमा भोलि ९बिहीबार० हुनेछ ।

प्रकाशित मिति: २०७८,माघ,१२,बुधबार १७:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बिहीबार समयसिमा सकिँदा तीन अध्यक्षसहित ५४ जनाको उम्मेदवारी

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्स क्लबले माल्दिभ्समा जारी भलिबल एसोसिएसन कप–२०२२ मा विजयी

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली यु-२० फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । एन्फाको

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५