१० जेष्ठ २०७९, मंगलवार

सेयर बजारको ओरालो यात्रामा निरन्तरता

२०७८,माघ,१२,बुधबार १६:३७

171
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ ।

मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक घटेको छ ।

बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको छ । आज नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेको कारोबारमा आएका १३ वटै उपसमूहको सूचक राताम्मे भएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ भने यसबाहेक अन्य सबै उपसमूहको परिसूचकमा २ प्रतिशत भन्दाकमले गिरावट आएको छ ।

नेप्से परिसूचक गिरावट आए पनि बुधबार विन लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यता सिइडिभि हाइड्रोपावर र सानिमा जनरल इन्स्योरेन्स, मैलुङ्ग खोला जलविद्युत र कालिका माइक्रोफाइनान्सको शेयर मूल्य बढेको छ । तर पोखरा फाइनान्सको सबैभन्दा धेरै ५.५९ प्रतिशतले घटेको छ । सेन्ट्रल फाइनान्स, मानुषि लघुवित्त, समृद्धि फाइनान्स र एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।

आज कारोबारको आधारमा अपि पावरको सबैभन्दा धेरै १६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख र अपर तामाकोशीको १० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: २०७८,माघ,१२,बुधबार १६:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्मे बिक्री गरेको ऋणपत्र आज बाँडफाँट भएको छ ।

काठमाडौं । सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने घोषणा गरेको छ । सरकारले आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना गर्ने भएको छ । सरकारले सार्वजनिक

ताजा समाचार

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँट
 २०७९,जेष्ठ,१०,मंगलवार १८:२४
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१