राष्ट्रियसभा उपनिर्वाचन : हेटौंडामा मतगणना सुरु

लोकपथ
49
Shares

मकवानपुर । राष्ट्रियसभामा रिक्त रहेकाे दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचनको मतगणना सुरू भएको छ ।

हेटौंडा उपमहानगरपालिका-८ मा रहेको औद्योगिक क्षेत्रमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।

बिहान १० बजेबाट सुरु भएको मतदानमा तीन सय ४३ जनाले भोट हालेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आज बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गरिसक्ने तयारी छ ।

निर्वाचनमा बागमती प्रदेशसभाका एक सय नाै जना सांसदमध्ये एक सय ६ जना र स्थानीय तहका दुई सय ३७ जनप्रतिनिधिले मतदान गरेका छन् । पार्टीको निर्णयअनुसार विवेकशील साझा पार्टीका तीन जना सांसदले भने मतदान गरेनन् ।

रिक्त सदस्यका लागि सत्तारुढ गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल प्रतिष्पर्धामा छन् ।

यस्तै, विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य, नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङका बीच चुनाव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?