कोरोना अपडेट : बुधबार ८ हजारभन्दा बढीमा संक्रमण पुष्टि

लोकपथ
325
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ३५९ जनामा परीक्षण भएको थियो ।

सोही अवधिमा ४ हजार ४३३ जना निको भएका छन् ।

यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ ।

यसैबीच पछिल्लाे २४ घण्टामा २ लाख ५६ हजार ४१६ जनाले काेभिडविरूद्धकाे खाेप लगाएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?