१० जेष्ठ २०७९, मंगलवार

कर्णालीमा डेढ करोडभन्दा बढी राजस्व संकलन

२०७८,माघ,१२,बुधबार १४:३८

81
Shares

कर्णाली । कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट डेढ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट एक करोड ७१ लाख ९७ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ५०१ सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए ।

त्यस्तै उक्त अवधिमा भन्सार छली गरी ल्याएको एक करोड ३४ हजार ५६४ रुपैयाँ बराबरको अवैध लत्ताकपडा, सुर्तीजन्य पदार्थ र खाद्यान्न बरामद गरिएको र सो कार्यमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व कार्यालय बाँकेमा पठाइएको प्रवक्ता खड्काले बताए।

प्रकाशित मिति: २०७८,माघ,१२,बुधबार १४:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने घोषणा गरेको छ । सरकारले आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना गर्ने भएको छ । सरकारले सार्वजनिक

काठमाडौं । सरकारले वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम

ताजा समाचार

कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१