ब्रिटिस कलेजद्वारा दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान

लोकपथ
286
Shares

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिक सत्र २०२१/२२को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले पहिलो पटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो ।

ब्रिटिस कलेजले प्रदान गर्दै आएको उदाहरणीय शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने विशेष उदेश्यका साथ योग्य स्नातक आवेदकहरुका लागि यो छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एड मिनिस्ट्रेशन (बीबीए)मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेकी छिन् ।

छात्र वृत्तिबाट सम्मानित भएसँगै अब दुबैजना विद्यार्थीहरुले पठन–पाठनको लागि हुने सम्पूर्ण खर्च प्राप्त गर्नेछन् । जसमा सम्पूर्ण चार वर्षको शिक्षण शुल्कहरू, सबै परीक्षा र विश्वविद्यालय रजिष्ट्रेशन दर्ता शुल्क समावेश हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?