राष्ट्रियसभा निर्वाचन : सुदूरपिश्चममा ३ बजेदेखि मतगणना

लोकपथ
208
Shares

काठमाडौं । आज भएको राष्ट्रियसभा निर्वाचन सुदूरपिश्चमको मतगणना ३ बजेबाट सुरू हुने भएको छ । सुदूरपिश्चमको मतगणना निर्धारितसमय अगावै सकिइसकेको छ ।

राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ । बिहान ९ बजेबाट मतदान सुरु भएको हो ।

तीन सिटका लागि सुदूरपश्चिम प्रदेशमा २२७ जनाले मतदान गरेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

१९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि मतदान भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?