राष्ट्रियसभा निवार्चन : सुदूरपश्चिममा निर्धारित समयभन्दा अगाडि नै मतदान सम्पन्न

लोकपथ
63
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छ । बुधबार बिहानबाट सुरु भएको मतदान निर्धारित समय अगाडि मतदान सम्पन्न भएकाे हो ।

सुदूरपश्चिम प्रदेशमा २२७ मतदाताले मतदान गरेका छन् । सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि मतदानभएको थियो ।

सातै प्रदेशको कूल मतदाता २०२५ जना रहेका छन । जस अनुसार प्रदेश १ मा प्रदेशसभा सदस्य ९२ जना र स्थानीय तहको २७२ जना सदस्यहरुले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नेछन । मधेश प्रदेशमा १०४ जना प्रदेश सदस्य र स्थानीय तहको २६८ जनागरी ३७२ जना मतदाता रहेका छन । बागमती प्रदेशमा ३४६ जना, गण्डकी प्रदेशमा २२९ जना, २९६ जना लुम्विनी प्रदेशमा, कर्णाली प्रदेशमा १९१ जना र सुदूरपश्चिम प्रदेशमा २२७ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । बिहान नौं बजेबाट सुरु भएको मतदान अपरान्ह ३ बजे सकिनेछ ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले मिलेर उम्मेदवारी दिएका छन भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक्लै भिड्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?