१३ जेष्ठ २०७९, शुक्रवार

मरिससविरुद्ध खेल्ने नेपाली टिमको घोषणा : नौ नयाँ अनुहार, दुई खेलका लागि दुई टिम

२०७८,माघ,१२,बुधबार १२:४१

135
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । माैरिसससँग हुने दुई खेलमा दुई टाेली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएकाे छ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलमा लागि जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, शुभाष गुरुङ र देवेन्द्र तामाङलाई पुनरागमन गराउँदा नाै नयाँ अनुहारलाई मौका दिएका छन् ।

नयाँ खेलाडीमा गोलरक्षक टिकेन्द्र थापा, सत्रुघन चाैधरी, मिडफिल्डर सुदिप गुरुङ, नवीन गुरुङ, आशिष राई, प्रशान्त अवस्थी, सुशिल राई र फरवार्ड आकाश बुढा मगर र कृतिश रत्न छुन्जु रहेका छन् ।

पहिलाे खेल खेल्ने नेपाली टोली

गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, टिकेन्द्र सिंह थापा,
डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजबंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी,
मिडफिल्डरः सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डांगी, अन्जन बिष्ट, आशिष लामा,
स्ट्राइकरः दर्शक गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, जगजित श्रेष्ठ

दोस्रो खेल खेल्ने नेपाली टोली

गोलरक्षकः किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, सत्रुघन चौधरी

डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी

मिडफिल्डरः सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन विष्ट, आशिष लामा

स्ट्राइकरः विमल घर्ती मगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशिल राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ

प्रकाशित मिति: २०७८,माघ,१२,बुधबार १२:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बिहीबार समयसिमा सकिँदा तीन अध्यक्षसहित ५४ जनाको उम्मेदवारी

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्स क्लबले माल्दिभ्समा जारी भलिबल एसोसिएसन कप–२०२२ मा विजयी

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली यु-२० फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । एन्फाको

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५