चार सयले बढ्यो सुनको मुल्य : कतिमा हुँदैछ कारोबार ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

मंगलबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सन बुधबार बढेर तोलामा ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजवी सुन तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?