किसान आन्दोलनमा उत्रिएको जनमत पार्टी आज सातवटै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै

लोकपथ
260
Shares
काठमाडौं ।  किसान आन्दोलनका नाममा एक महिनादेखि सडकमा उत्रिएको जनमत पार्टीले आज बुधबार सातवटै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने,  किसानलाई मल, बीउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा छ ।
पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ भन्दै जनमतले ज्ञापनपत्र बुझाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?