बेल्जियमद्वारा विश्वकपमा उत्कृष्ट सुरुवात, पानामा ३–० ले पराजित (फोटो फिचरसहित)

काठमाडौं–जारी विश्वकप अन्तर्गत सोमबार अबेर सम्पन्न समूह जी को खेलमा बेल्जियमले उत्कृष्ट सुरुवात गरेको छ ।
मस्कोमा सम्पन्न खेलमा बेल्जियमले पानामालाई ३–० गोल अन्तरले हराएको छ ।
बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गरे भने ड्रिस मर्टेन्सले १ गोल गरे ।  लुकाकुले ६९ र ७५ औं मिनेटमा गोल गरेका हुन् भने  ड्रिसले ४७ औं मिनेटमा गोल गरे । यसअघि आजै भएको पहिलो खेलमा स्वीडेनले दक्षिण कोरियालाई १–० गोल अन्तरले हराएका थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?