विद्युतीय खम्बाबाट खेतमा झरेको तारबाट करेन्ट लागेर मृत्यु

विराटनगर– करेन्ट लागेर आज मोरङमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लेटाङ नगरपालिका–५ खेरुवाका ५० वर्षीय सूर्य राई रहेका छन् । विद्युतीय खम्बाबाट खेतमा झरेको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?