कर्णालीमा कोभिड–१९ बाट सङ्क्रमितमध्ये अधिकांश होम आइसोलेसनमा बस्ने गरेको पाइएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरका बेला विभिन्न आइसोलेसन केन्द्र र अस्पताल भरिभराउ भए पनि यसपटक सङ्क्रमित घरमै बसेका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दैनिक ४८ प्रतिशत सङ्क्रमित थपिँदै गए पनि अस्पतालमा भर्ना हुनेको सङ्ख्या निकै न्यून रहेको जनाएको छ । प्रदेश अस्पताल सुर्खेतमा हाल १२ जना मात्र कोरोनाका बिरामी छन् । निर्देशनालयका अनुसार सोमबार गरिएको ६० जनाको पिसिआर परीक्षणमा ५१ तथा १७८ जनाको एन्टिजन परीक्षणमा १०४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सबै सङ्क्रमित होम आइसोलेसनमै रहेको पाइएको छ ।
प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले सङ्क्रमित घरमै रहे पनि उनीहरुको स्वास्थ्य अवस्थाबारे निगरानी राख्ने गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालयले मास्कविना हिँड्डुल गर्नेबाट प्रतिव्यक्ति रु १०० जरिवाना असुल गर्ने गरेको छ । आइतबारदेखि मास्क जरिवानाबापत रु ६ हजार ६०० सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया