सरकारप्रति जनता खुशी छैनन् : प्रदेशसभा सदस्य दवाडी

लोकपथ
221
Shares

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले सरकारका काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्तासमेत रहेका दवाडीले सरकारका कामकारवाही सन्तोषजनक नभएको बताएका हुन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी उनले सरकार सक्षम हुँदाहुँदै पनि अहिले भइरहेका काममा सन्तुष्ट भएर बस्न सकिने अवस्था नरहेको बताए । दवाडीले देशको अवस्था कोरोना महामारीका कारण नाजुक रहेपनि सरकारले कोभिडबिरुद्धको खोप बाहेकका क्षेत्रमा काम अघि बढाउन नसकेको बताए ।

प्रदेशसभा सदस्य दवाडीले भने, ‘सरकारले गरेका कामहरु पनि छन् तर यतिले मात्रै पुगेन । सक्षम हुँदाहुँदै पनि अहिलेको देशको दर्दनाक अवस्थाले गर्दा हो । देशमा अहिले के अवस्था छ ? अहिले मात्र सरकारको धारणा खोप कसरी जनतालाई पु¥याउने ? खोपले जनताको आत्मसन्तोष बनाउने काम मात्रै एउटा सोच हो जस्तो मलाई लाग्छ । पहिलेको सरकारले अघि बढाएको थियो, तर अहिलेको सरकारले काम शुरु गरेको छ । सरकारले गरेको गतिविधिमा टोटल्ली जनता खुशी छैनन् तर शुरुवात भएको छ ।’

प्रदेशसभा सदस्य दवाडीले गरिरहेका काममा जनता पूर्णरुपमा खुशी नरहे पनि सरकारले विकासका कामहरुलाई अघि बढाइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?