मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई प्रधानमन्त्रीको निर्देशन

लोकपथ
117
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् । उनले उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरुलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘अफगानिस्तानमा अत्यन्तै खाद्य शंकट छ । त्यसमा यूएनएसमेतले अफगानीहरु भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पु¥याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद । अघि एकजना मित्रले भन्नुभयो, तीन तीन महिनामा भनेपनि भेटघाट हुनुपर्छ सरकार र प्राइभेट क्षेत्रहरुसँग । व्यापार, उद्योग सबै क्षेत्रहरुसँग, त्यो अत्यन्त राम्रो कुरा हो । हामी प्राइभेट एयरलाइन्स मात्रै होइन, उद्योगधन्दाहरु जुनसुकैका पनि सरकार सहयोग गर्न चाहन्छ । कतिपय सरकारलाई प्रायोरेटिजहरु हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस् । यस्ता कति कुराहरुमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ । त्यसैले तपाईहरुलाई त्यो सहयोग दिन हामी तयार छौँ । अहिले कोरोना भाइरसले पनि हैरान गरेको छ देशलाई । अत्यन्त डरलाग्दो स्थिती छ । नयाँ नयाँ भेरियन्ट आइरहेको छ, अर्को आउँदैछ भन्दैछन्, विज्ञहरु । मैले भनेकै हो, खोप खोप खोप भने । खोप लगाउने मान्छे नै नभइरहेको जस्तो कुरा छ । अहिले जत्ति पनि खोप छ । तर खोप लगाउन मान्छे चाहँदैन । त्यसैले बुस्टर डोज भन्यौँ, त्यसपछि पनि कोरोना भयो मान्छेहरुलाई । हामी अब जसरी भएपनि ओमिक्रोन भाइरसबाट मुक्त हुनुपर्छ । यस्तो बेलामा स्वास्थ्यका मापदण्ड पालना गर्न गराउन प्रोत्साहन गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए । उनले कोरोनाबिरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?