काठमाडौं । सर्वोच्च अदालतले देशभर सिटामोल लगायतका औषधीको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले संघीय सरकार र सात वटै प्रदेश सरकारलाई सो आदेश दिएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएका बेला सिटामोलको अभाव देखिएपछि टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सातैवटा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । रुघाखोकीको बिरामी बढेका बेला अतिआवश्यक सिटामोलको अभाव देखिएको र संविधानले जनतालाई आधारभूत अधिकारका रुपमा स्वीकार गरेको दाबीसहित सामान्य औषधीको अभाव परिपूर्तीमा सरकार मुकदर्शक बन्न नहुने बताउँदै रिट निवेदन परेको हो ।
सोही रिटमा मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सुनुवाई गर्दै सो आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया