कांग्रेसको संसदीय समिति यी नेता परेनन्

काठमाडौँ, २६ असोज- कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छान्न संसदीय समिति गठन गरेका छन् । पार्टी विधानमा पदेन सदस्य ६ (पदाधिकारी) जना र केन्द्रीय कार्यसमितिले बढीमा ८ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था भए पनि देउवाले १४ सदस्य मनोनयन गरेका छन् ।समितिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. शशांक कोइराला, सीतादेवी यादव, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, खुमबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, अर्जुननरसिंह केसी, चित्रलेखा यादव, डा. रामशरण महत, पूर्णबहादुर खड्का र महेश आचार्य रहेका छन् |विधानमा रहेको व्यवस्थाभन्दा बढी सदस्य बनाए पनि देउवाले पार्टीको १३औँ महाधिवेशनमा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्य जितेका डा. शेखर कोइराला, वरिष्ठताको नवौँ नम्बरमा रहेका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, प्रदीप गिरि, बलबहादुर केसी, नरहरि आचार्य पर्न सकेनन् । तर, पार्टीमा उनीहरूभन्दा कनिष्ठ डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र महेश आचार्य समितिमा अटाए, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?