काठमाडौं । रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटिएको छ । देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीले बताए ।
पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर शव छाडेर गएको हुनसक्ने उनले बताए ।
शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टम तथा थप अनुसन्धानका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया