अधिवेशन सकिएको तीन सातापछि एमाले मकवानपुरको शपथ

लोकपथ
117
Shares

हेटौंडा । जिल्ला अधिवेशन सम्पन्न भएको झन्डै तीन सातापछि नेकपा एमाले मकवानपुरका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहररुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

२३-२४ पुसमा एमाले मकवानपुरको ११औँ जिल्ला अधिवेशनले एकलाल श्रेष्ठको नेतृत्वमा एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो ।

तर, तत्कालिन जिल्ला आयोजक कमिटीका अध्यक्ष बद्रीप्रसाद लम्सालले सहमतिविना कमिटी घोषणा गरेको भन्दै असहमति जनाएपछि लामो समयसम्म पद तथा गोपनीयताको शपथ हुन सकेको थिएन ।

लम्सालले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै शपथ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?