अजय देवगनकी छोरी न्यासाले सेयर गरिन् बोल्ड तस्बिर, सामाजिक सञ्जालमा चर्चा

लोकपथ
2k
Shares

काठमाडौं । बलिउड अभिनेत्री काजोल र अभिनेता अजय देवगनकी छोरी न्यासा देवगन सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले बेलाबेला आफ्ना बोल्ड तस्बिर सेयर गर्ने गरेकी छिन् ।

उनका तस्बिरहरू सामाजिक सञ्जालमा प्राय भाइरल हुन्छन्। यसको कारण न्यासा देवगनको बारेमा जान्नका लागि फ्यानहरु उत्सुक छन्, जसका कारण उनको तस्बिलाई फ्यानहरुबाट निकै माया मिलिरहेको छ ।

उनले हालसालै आफ्नो एउटा तस्बिर अपलोड गरेकी छिन् । तस्बिरमा उनी निकै बोल्ड देखिएकी छिन् । उनको उक्त तस्बिरको हाल निकै चर्चा भइरहेको छ ।

न्यासा देवगनको तस्बिर भाइरल भएको यो पहिलो पटक भने होइन, यसअघि पनि उनका धेरै बोल्ड तस्बिर चर्चाको विषय बनेको थियो । उनको एउटा मिरर सेल्फी पनि भाइरल भएको थियो । उक्त मिरर सेल्फी लिफ्टमा खिचिएको थियो।

यसअघि न्यासा देवगनको हरियो टपमा बोल्ड तस्बिरले सामाजिक सञ्जालमा हल्लाएको थियो । तस्बिरमा काजोलकी छोरी न्यासा देवगन हरियो क्रप गरिएको क्रसट टप लगाएर निकै बोल्ड स्टाइलमा कैद भएकी थिइन् ।

न्यासा देवगन हाल स्विट्जरल्याण्डमा छिन् र ग्लियोन इन्स्टिच्युट अफ हायर एजुकेशनमा इन्टरनेशनल हस्पिटालिटी पढिरहेकी छिन् । यसअघि उनी स्कुलिङका लागि सिंगापुर गएकी थिइन् ।

यद्यपि न्यासाको आफ्नो कुनै आधिकारिक इन्स्टाग्राम अकाउन्ट छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?