उपत्यकाको अपराध नियन्त्रण गर्न विशेष अभियान, १५ दिनमा ३ सय ७ जना पक्राउ

काठमाडौं । उपत्यकामा हुने चोरी, डकैति, लुटपाट र पकेटमारी लगायतका अपराध नियन्त्रण गर्न महानगरीय प्रहरी अपराध महाशाखाले सञ्चालन गरेको १५ दिने विशेष अभियानमा क्रममा ३०७ जना पक्राउ परेका छन् । 

पक्राउ परेकाहरु मध्ये १९ जनाको साथबाट चोरी गरेको नगद २९ हजार ७ सय, चोरी गर्न प्रयोग हुने फलामको रड, मोटरसाइकल एक, स्कुटर दुई, साइकल दुई बरामद भएको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताएका हुन् । 

त्यस्तैं, तीनजनालाई लागूऔषध चरेश तीनसय नौ ग्राम, ८ फाइल भ्याट लागूऔषध, डाइजेल्याव २१२ पिस, नुफ्रिन २१२ पिस, फेनारगन २१८ पिस, नाइट्रोसन २८० पिस सहित पक्राउ गरिएको छ । 
एकजना भारतीय नागरिकलाई भारु पाँचसयको दुईहजार अबैध नोट सहित पक्राउ गरिएको छ । उनलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको महाशाखाले जनाएको छ । 
चोरी, पकेटमारी, लुटपाट र डकैतिलाई पेशाको रुपमा अपनाउदै आएका ५३ जनालाई केही सार्वजनिक मुद्धा अन्तरगत कानुनी कारवाही भइरहेको छ । २२१ जनालाई आवश्यक सोधपुछपछि आफन्तको जिम्मा लगाई छोडिएको छ । 

महाशाखा प्रहरीले विशेष सुरक्षा योजना अन्तरगत विहान १० वजेदेखि साmँभ १८ वजेसम्म सादा पोशाकमा र पट्रोलिङ गस्तीका अतिरिक्त आकास्मीक चेकजाँच, छड्के खानतलासी, राति ११ वजेदेखि विहान ४ वजेसम्म नाइट एम्बुस डिउटी सञ्चालन गरेको थियो । 

यो अभियान सञ्चालनसंगै चोरी, लुटपाट र डकैतिका घटनामा तुलनात्मक रुपमा कमि आएको दावी महाशाखाका प्रवक्ता उप्रेतीको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?