पहिरनका कारण ट्रोल बनिन् दीपिका पादुकोण, फ्यानहरुले गरे उर्फी जावेदसँग तुलना

लोकपथ
429
Shares

काठमाडौं । बलिउड अभिनेत्री तथा निर्माता दीपिका पादुकोण यतिबेला आफ्नो आगामी फिल्म ‘गहरियान’को प्रोमोसनमा जुटेकी छिन् ।

हालै फिल्मको प्रोमोसनका क्रममा दीपिका पादुकोण बोल्ड देखिएकी छिन् । प्रोमोसनका क्रममा उनी सुन्तला रंगको बोल्ड ड्रेसमा देखिएकी थिइन् ।

यद्यपि दीपिकाको यो स्टाइल फ्यानहरुलाई मन परेन । जसका कारण उनी ट्रोल भएकी छिन् । फ्यानहरुले उनलाई उर्फी जावेदको ड्रेसिङ सेन्ससँग तुलना गरेका छन् ।

जब दीपिका ‘गहरियान’ को प्रमोशनका लागि पुगेकी थिइन्, त्यसबेला निकै हावा चलेको थियो, धेरै पटक दीपिकाले आफ्नो ड्रेस सम्हाल्न सकिनन् । यति मात्र होइन, उनीलाई देखेर कतिपय सामाजिक सन्जाल प्रयोगकर्ताले आफूलाई चिसो लागेको अनुमान पनि गरेका छन् ।

एक प्रयोगकर्ताले दीपिकालाई ट्रोल गर्दै लेखेका छन्, ‘दीपिकाको ड्रेसिङ सेन्स बिग्रँदै गएको छ,  रातो कार्पेट र सार्वजनिक स्थानमा वास्ता गर्दैनन्।’

दीपिका पादुकोण

त्यही क्रममा अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘बलिउड अभिनेत्रीहरु अब उर्फी जावेदको नक्कल गर्दै छन् ।’

त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो चिसोमा यस्तो लुगा !’

दीपिका पादुकोणको पहिलो ओटीटी फिल्म ‘गेहरायां’ को ट्रेलर हालै रिलिज भएको छ । फिल्ममा दीपिकाका अलावा सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे, धैर्य करवाको पनि महत्वपूर्ण भूमिका छ ।

फिल्मको ट्रेलर निकै चर्चामा रहेको छ । यसमा दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदीको बीचमा धेरै रोमान्टिक दृश्यहरू पनि देखाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?