वन कार्यालय भित्र गैर कानुनी रुपमा निजी नर्सरी सञ्चालन

कपिलवस्तु । कपिलबस्तुमा जिल्ला वन कार्यालय भित्र निजी नर्सरी सञ्चालन भएको छ । वन कार्यालयको कार्यालय प्रमुख निवासको उत्तर पश्चिम तर्फ प्रत्येक वर्ष नर्सरी लगाउने ब्याडमा जिल्ला वन अधिकृत कृण्ण दत्त भट्टको नितान्त व्यक्तीगत निबुको बिरुवा भएको श्रोतले बताएको छ । 

जिल्ला वन कार्यालयको सरकारी योजनामा निबुको नर्सरी लगाउने कुनै योजना नभएकको तर ब्याडमा लगभग १० देखी १२ वटा सा–साना ब्याडमा आठ हजारको ठूलो संख्यामा निबुको र्नसरी तयारीमा अवस्थामा छ । निबुको र्नसरी बितरण गर्न अवस्थामा भएको छ । वन कार्यालय भित्र निबुको र्नसरी भएको आम जनतालाई जानकारी नै छैन । हरेक वर्ष काठ प्रजातीको ठूलो परिमाणमा र्नसरी लगाउने ठाँउमा व्यक्ती गत निजी लगानीमा लगाईएको निबुको बिरुवाको बारेका स्थानिय अनविज्ञ छन् ।

उक्त निबु र्नसरीमा विभिन्न किसिमको राम्रो र महंगो प्रजातीकोको भएको श्रोतले दाबी गरेको छ । यसरी सरकारी जग्गामा गैर कानुनी रुपमा निजी र्नसरी लगाएर लाखौं रकम आम्दानी गर्ने गरेको श्रोतले बताएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?