१३ जेष्ठ २०७९, शुक्रवार

रियालटी शो ‘सिङ्गर’ घोषणा, विजेताले २५ लाख र कार पाउने

२०७८,माघ,११,मंगलवार १०:५६

405
Shares

काठमाडौं । पछिल्लो समय रियालटी शोको थुप्रै हुन थालेका छन् । यहि भिडमा ‘सिङ्गर : सोल फुल भ्वाइस’ नामक रियालिटी शो घोषणा भएको छ । शो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालीले गर्न लागेको हो ।

फ्रेन्च आइज रियालिटी शोहरुको दबदबा रहेको समयमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको संचालक श्याम धितालले जानकारी दिए । धितालले भने ‘भाषाको दायरा तोडेर परिचित गायक गायिकालाई नेपालमा चलि आएका प्रमुख ६ भाषा सहितको गायन प्रतियोगिता हो ‘सिङ्गर’ । विजेताले नगद २५ लाख सहित कार र गीति एल्बम निकाल्ने अवसरसम्म प्राप्त गर्ने धितालको भनाई रहेको छ ।

नेपाली गीतसंगीतमा आफ्नो परिचय स्थापित गरि सकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले शोमा भाग लिन सक्ने प्रावधान आयोजकले राखेको छ ।

आगामि बैशाखमा ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै शो प्रशारण सुरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०७८,माघ,११,मंगलवार १०:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत

काठमाडौं । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले हिजो आफ्नो ५० औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले

काठमाडौं । फिल्म निर्माता-निर्देशक करण जोहरले २५ मे मा आफ्नो ५० औं जन्मदिन धूमधामका साथ मनाएका छन् । यस क्रममा

काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन् । उनी आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२