गोला प्रथाबाट टुंगो लाग्यो राष्ट्रियसभा सदस्यको कार्यकाल, कसको कार्यकाल कति ? (विवरण सहित)

काठमाडौं । राष्ट्रियसभामा गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाइएको छ । 

सोमबार संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो । 

जुन सदस्यले जति अंक लेखिएको चिठ्ठा तान्छ, उसको कार्यकाल त्यतिनै वर्ष हुने व्यवस्था छ । 

गोला प्रथाबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सांसद पद ६ वर्ष र उपाध्यक्ष शशिकला दाहालको ४ वर्ष कायम भएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद ६ वर्ष र अर्थमन्त्री युवराज खतिवडाको २ वर्ष कायम भएको छ ।

त्यस्तै राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माको सांसद पद चार वर्षसम्म हुने भएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष कायम भएको छ ।

राष्ट्रियसभाका १९ सदस्यको पदावधि २ वर्ष कायम भएको छ । अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट कार्यकाल कायम भएको छ ।

राष्ट्रिसभा सदस्यको कार्यकाल पूर्णविवरणः–

महिला सदस्यहरुः-

सरिता प्रसाईं (कांग्रेस)–२ वर्ष
मुत्ता कुमारी यादव (कांग्रेस)–२ वर्ष
धना खतिवडा (कांग्रेस)– २ वर्ष
बृन्दा राना मगर (कांग्रेस)–२ वर्ष
मीना बुढा (नेकपा)–२ वर्ष
युटुल लामा (नेकपा)–२ वर्ष
कमला ओली (नेकपा)–२ वर्ष
नैनकला ओझा (नेकपा)–२ वर्ष
शशिकला दाहाल (नेकपा)– ४ वर्ष
उदया शर्मा (नेकपा) –४ वर्ष
शान्ति अधिकारी (नेकपा) –४ वर्ष
कोमल ओली (नेकपा) –४ वर्ष
कविता बोंगटी (नेकपा) –४ वर्ष
तारादेवी भट्ट (कांग्रेस)–४ वर्ष
विना पोखरेल (नेकपा)–६ वर्ष
प्रमिला यादव (फोमर) –६ वर्ष
पार्वती रावल (नेकपा)– ६ वर्ष
दीपा गुरुङ (नेकपा) –६ वर्ष
अनिता देवकोटा (कांग्रेस)–६ वर्ष
नन्दा शर्मा (नेकपा) –६ वर्ष
इन्दु कडेरिया विष्ट (नेकपा) –६ वर्ष

दलित सदस्यः-

खेम नेपाली (नेकपा) – २ वर्ष
रामपृत पासवान (फोरम)–२ वर्ष
रामलखन हरिजन( नेकपा)–४ वर्ष
चन्द्रबहादुर स्नेही (नेकपा)– ४ वर्ष
सिंहबहादुर विक (नेकपा) –६ वर्ष
नरपति लोहार (नेकपा) –६ वर्ष
अपांग–अल्पसंख्याक सदस्यः
वृषेशचन्द लाल (राजपा) –२ वर्ष
रामचन्द्र राई दनुवार (नेकपा) –२ वर्ष
अगम बान्तवा (नेकपा)–४ वर्ष
जीवन बुढा (नेकपा)– ४ वर्ष
प्रकाश पन्त (कांग्रेस)–६ वर्ष
महेशकुमार महरा (नेकपा)–६ वर्ष

खुल्ला सदस्यहरुः–

रिचरण शिवाकोटी (नेकपा)–२ वर्ष
रमेश यादव (राजपा)–२ वर्ष
बलराम बास्कोटा (नेकपा)–२ वर्ष
सुरेन्द्रराज पाण्डे (कांग्रेस) –२ वर्ष
दुर्गाप्रसाद उपाध्यक्ष (कांग्रेस)– २ वर्ष
कालीबहादुर मल्ल (नेकपा) –२ वर्ष
बद्री पाण्डे (कांग्रेस) –२ वर्ष
परशुराम मेघी गुरुङ (नेकपा)– ४ वर्ष
सुमन प्याकुरेल (नेकपा)–४ वर्ष
राघेश्याम अधिकारी (कांग्रेस)–४ वर्ष
दिनानाथ शर्मा (नेकपा)–४ वर्ष
चन्द्रबहादुर खड्का (नेकपा)–४ वर्ष
ठगेन्द्र पुरी (नेकपा)–४ वर्ष
शेरबहादुर कुँवर (नेकपा)–४ वर्ष
रमेशजंग रायमाझी (कांग्रेस)– ६ वर्ष
जितेन्द्र देव (कांग्रेस)–६ वर्ष
रामबहादुर थापा  ‘बादल’ (नेकपा) –६ वर्ष
गणेश तिमल्सिना (नेकपा)–६ वर्ष
खिमलाल भट्टराई (नेकपा)–६ वर्ष
भैरवसुन्दर श्रेष्ठ (नेकपा)–६ वर्ष
हरिराम चौधरी (नेकपा) –वर्ष

मनोनित सदस्यहरुः –

युवराज खतिवडा –२ वर्ष
रामनारायण विडारी –४ वर्ष
विष्णु राई– ६ वर्ष 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?