विश्वको सबैभन्दा महंगो मुद्रा कुन हो ? हेर्नुहोस् आजको विनिमयदर

लोकपथ
897
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको भाउ ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यसैगरी युरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै आजको लागि विश्वमा सबैभन्दा महंगो मुद्रा कुवेती दिनार रहेको छ । एक कुवेती दिनारको खरिददर ३९३ रुपैयाँ ७० र बिक्रीदर ३९५ रुपैयाँ ६९ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी दोस्रो महंगो मुद्रा बहराइन दिनारको रहेको छ । बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१७ रुपैयाँ २७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?