१३ जेष्ठ २०७९, शुक्रवार

गम्भीर अवस्थामा चीनमा पुगेका थिए वर्षमान, एक सातासम्म चीन पुगेको थाहै थिएन

२०७८,माघ,१०,सोमवार २१:०८

630
Shares

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूलाई उपचारका लागि चीन लगेकोपछि मात्रै थाहा भएको बताएका छन् । गम्भीर अवस्थामा उनी चीन पुगेका थिए ।

‘असोजको दोस्रो हप्तातिर मेरो स्वास्थ्यमा बंशाणुगत जन्डिससम्बन्धी पुरानै समस्या आएपछि बैंकक गएको थिएँ । सामान्य जस्तो लागेको थियो तर समस्या जटिल हुँदै गयो । करिब दुई महिना बैंकक बस्दा खासै प्रगति भएन’, चीनमा उपचार गराएर स्वदेश फर्किएपछि सोमबार विमानस्थलमा प्रतिक्रिया दिँदै उनले भने, ‘त्यसपछि पार्टी अध्यक्ष, पार्टीले उपचारका लागि त्यहाँबाट चीन लैजाने निर्णय गर्नुभएछ । त्यतिखेर मलाई धेरै कुराहरु जानकारी हुने अवस्था पनि थिएन । एक हप्ता उपचार भएपछि बल्ल म चीनमा रहेछु भनेर थाहा पाउने अवस्था भयो । त्यति धेरै स्वास्थ्यमा गम्भीर अवस्था थियो ।’

संयोगमा अहिले स्वास्थ्यमा सुधार भएर नेपाल फर्किएको उनले बताए । उनले यो बीचमा आफूले पार्टीको महत्वपूर्ण कार्यक्रम आठौं राष्ट्रिय महाधिवेशन छुटाउनु पर्दा दुःख लागेको पनि पुनले बताए ।

प्रकाशित मिति: २०७८,माघ,१०,सोमवार २१:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएका छन् । काडमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहीबार राति आयोजित प्रेस ब्रिफिङमा

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा पहिलो बनेको एमाले यसपटक भने सबै प्रदेशमा दोस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभागमा चार जना सदस्य नियुक्त गरेका छन् । साथै

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२