१. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको २१ हजार २ सय १ परीक्षणमा थप १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ५ सय ४० जना कोरोना संक्रमणमुक्त, ४ जनाको मृत्यु ।
२. कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह, कृषि क्षेत्रबाट राष्ट्रिय पुँजी निर्माण र उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास ।
३. चौतर्फी आलोचनापछि हिंसात्मक अभिव्यक्ति दिने यतायातमन्त्री यादवको बोली फेरियो, आफ्नो भनाइ कसैप्रति लक्षित नभएको भन्दै गरिन् बचाउ ।
४. वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ, कानुनको कुनै छिद्र देखाएर वैशाखको निर्वाचन सार्ने कोसिस गरिए दीर्घकालमा ठूलो क्षति पुग्ने जिकिर ।
५. संविधानलाई बंग्याएर चुनाव सार्न खोजिएको नेकपा एमालेका नेता भीम रावलको आरोप, एमालेले के गर्छ भन्ने आफूलाई जानकारी नभएको भनाइ ।
६. नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क ।
७. विद्यार्थीसँग अतिरिक्त शुल्क लिएपछि नोबेल मेडिकल कलेजमा विद्यार्थी र प्रशासनबीच झडप, १० जना विद्यार्थी नेताहरू घाइते, औषधि पसलमा समेत तोडफोड ।
८. नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह, बिनाखोपकार्ड सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानवअधिकारको हनन भएको प्रतिक्रिया ।
९. अब फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा चढ्ने र ओराल्ने ठाउँको व्यवस्था, यात्रुहरुलाई तोकिएको स्थानबाट मात्रै चढाउन र ओराल्न चालक तथा सहचालकलाई ट्राफिक महाशाखाको आग्रह ।
१०. ह्वाट्सएपले नयाँ सेक्युरिटी फिचर प्रयोगमा ल्याउँदै, टु स्टेप भेरिफिकेसन लागू हुने भएपछि ह्वाट्सएप पहिलेभन्दा सुरक्षित हुने विश्वास ।
११ नेपाली सेयर बजारमा ९९ दशमलव ८६ अंकको गिरावट, कारोबार रकम भने पौने ९ अर्ब नाघ्यो, १३ वटै सूचक राताम्य
१२. ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउने विश्व स्वास्थ्य संगठनको दाबी, खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको भनाइ ।
१३. भारतलाई हल्लाउने कुनै शक्ति नभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दाबी, स्वतन्त्र भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउन नागरिकहरुलाई आग्रह ।
१४. नेपाली राष्ट्रिय फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्न मरिससको टिम नेपाल आइपुग्यो, नेपालसँगको खेलका लागि उत्साहित रहेको मरिससका मुख्य प्रशिक्षक बोउलेमको भनाइ ।
१५. र, पोखरामा जारी २०औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगितामा मछिन्द्र क्लब पहिलो पटक सेमिफाइनलमा प्रवेश, साबिक विजेता संकटा क्वाटरफाइनलबाटै बाहिरियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया