१२ जेष्ठ २०७९, बिहीवार

१६ पुसदेखि हराइरहेकी महिलाको शव घरको भुइँतलामा पुरेको अवस्थामा फेला

२०७८,माघ,१०,सोमवार १८:४२

13.392k
Shares

धनकुटा । गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठकाे हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा साेमबार शव फेला परेकाे हाे ।

शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।

उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोजतलाश गरे पनि फेला पार्न सकेको थिएन । लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो।

सीताको हत्या घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए।

श्रीमती हत्या गरी घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०७८,माघ,१०,सोमवार १८:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको लास फेला परेको छ । उदयपुरको त्रियुगा

उदयपुर । आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार

काठमाडौं । पाँच वर्षअघि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२