सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘सिटिजन खबर’ जर्नल प्रकाशित

लोकपथ
0
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक एण्ड यतीमा एक कार्यक्रमबीच ‘सिटिजन खबर’ नामक जर्नलको विमोचन गरेको छ ।

कम्पनीले कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे यात्रा सम्पन्न गरेसँगै, सो अवधिसम्मका याद्गार पलहरुलाई सधँैको लागि साच्न सकियोस भनेर यिनै पलहरुको समीक्षा स्वरुप यस जर्नल “सिटिजन खबर” लिएर आएको कम्पनीले जनाएको छ ।

बीमाको सचेतना तथा सु–समाचारसहित कम्पनीका बिगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यवसायिक उपलब्धिहरु, प्रगति विवरणहरु, विभिन्न क्रियाकलापहरु, साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ ।

सिटिजन खबरको विमोचन यस कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथ मणी खड्का, नायव महाप्रवन्धक दिपबहादुर बि.सी. साथै प्रमुखबजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्त रुपमा गरेका थिए ।

यस जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालय लगायत विभिन्न शाखा कार्यालयहरुमा उपलब्ध छ र डिजिटल प्रतिलिपी कम्पनीको वेबसाईटमा पनि उपलब्ध छ । साथै आउने दिनहरुमा पनि यस जर्नलको प्रकाशनजारी राख्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?