काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको बारे संसदलाई जानकारी गराउँदै छन् ।
सोमबार अपराह्न ४ बजे बस्ने संसद बैठकलाई सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन् ।
प्रधानमन्त्री ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् ।
भ्रमण टोलीमा एक सभन्दा बढी सदस्य रहनेछ स्रोतले जनाएको छ ।
संसद बैठकमा ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे जानकारी गराउने छन् ।
चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया