थप १६ लाख ६० हजार डोज कोरोनाविरुद्धको मोर्डना खोप नेपाल आउँदै

लोकपथ
91
Shares

काठमाडौं । थप १६ लाख ६० हजार डोज कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुग्दै छ ।

आज (सोमबार) साँझ १६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले जनाएको छ ।

नेपाल आइपुगेपछि उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहकालाई दिइनेछ ।

उक्त खोप कोभ्याक्स सुविधा अन्तर्गत नेपाल ल्याउन लागिएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?