दाउरा खोज्न जाने क्रममा करेन्ट लागेर एकको मृत्यु

लोकपथ
266
Shares

तनहुँ । तनहुँमा दाउरा खोज्न जाने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

ऋषिङ गाउँपालिका-८ बस्ने ७२ वर्षीय दल बहादुर रानाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो।

सोही गाउँपालिका अजम्बरी सल्लाघारी जंगलमा दाउरा खोज्न जाने क्रममा बिजुलीको लाईनमा छुन गई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको सन्दर्भमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?