काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ हजार ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा ३ हजार ३ सय ३४, भक्तपुरमा ४ सय ५५ र ललितपुरमा ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौंपछि देशभरमा चिवतनमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । चितवनमा एकैदिन थप ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३ सय १९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।
देशभर २१ हजार २ सय १ जनाको परीक्षण गर्दा ८ हजार ५४ जनामा पीसीआर र २ हजार २ सय ६५ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २४ हजार २ सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्ला केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८२ हजार ५ सय ५० पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोनाको कारण ४ जनाको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया