नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार नाघ्यो, आजै १० हजार बढीमा संक्रमण

लोकपथ
507
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३ सय १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशभर २१ हजार २ सय १ जनाको परीक्षण गर्दा ८ हजार ५४ जनामा पीसीआर र २ हजार २ सय ६५ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २४ हजार २ सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोनाको कारण ४ जनाको मृत्यु भएको हो । पछिल्ला केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८२ हजार ५ सय ५० पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?