महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान

लोकपथ
91
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘साथ एकशाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत बैंकको शखमुलशाखाले बुद्धनगर वडा नं. १०मा अवस्थित बुद्धनगर आधारभुत विद्यालयलाई एक विशेष कार्यक्रमका बीच स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ ।

उक्त विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकून् तथा विभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शखमुल शाखाका शाखा प्रवन्धक पुन्य श्रेष्ठले बताए ।

सोही कार्यक्रममा बोल्दै विद्यालय संचालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्राहरुमा विद्यालय आउने थप हौसला मिलेको बताउँदै बैकलाई धन्यवाद ज्ञापन गरे।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?