१७ चैत्र २०७९, शुक्रवार

भ्रष्ट खुमबहादुरलाई देउवाले दिए पुरस्कार

२०७४,आश्विन,२६,बिहीवार ०१:३६

9
Shares

काठमाडौँ, २६ असोज- कांग्रेस सभापति शेर बहादुर देउवाले कानुनले राजनीतिक दलको साधारण सदस्य बन्नसमेत अयोग्य ठह¥याएका पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई पनि संसदीय समिति सदस्य बनाएका छन् ।भ्रष्टाचारको मुद्दामा डेढ वर्ष जेल सजाय भोगेकाले नयाँ बनेको कानुनले खड्कालाई राजनीतिक दलको साधारण सदस्य बन्नबाट पनि रोक्छ । नेपालको संविधान र प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन विधेयकअनुसार पनि खड्का कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । तर, प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टी केन्द्रीय सदस्यबाट खड्कालाई हटाउनु त परैको कुरा, पुरस्कारस्वरूप पार्टीले उम्मेदवार बनाउन टिकट दिने समितिको सदस्य बनाएका छन् ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय पाएका व्यक्ति राजनीतिक दलको सदस्य बन्न पाउँदैनन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १४ को उपदफा (१) को (ख)मा ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको’ व्यक्ति मात्र दलको सदस्य बन्न सक्ने उल्लेख छ, नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०१:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८