भारी अंकले घट्यो सेयर बजार, १३ वटै सूचक नकारात्मक

लोकपथ
663
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आइतबार सामान्य अंकले घटेको बजारमा आज भारी अंकको गिरावट आएको हो ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ९९.८६ अंकले घटेर २८२०.६५ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ३.४३ प्रतिशतले घटेको हो ।

यता, सेन्सेटिभ इन्डेक्स १८.२० घटेर ५२५.९० बिन्दुमा पुगेको छ ।

आज कुल २२८ कम्पनीको एक करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८८ करोड लाख १३ हजार १७७ रुपैयाँको कारोबार भएको छ । बजार घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार ७ अर्बमाथिको कारोबार भएको थियो ।

आज १३ उपसमूहमा १३ वटै समूहको सेयरमूल्य घटेको छ । आज डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स लगायतको समूहको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । नेप्सेका अनुसार आज १८५ कम्पनीको सेयरमूल्य घटेको छ, भने ६ वटा मात्र कम्पनीको सेयरमूल्य बढेको छ ।

आज विन लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ ।

यता कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो इनर्जी, आशा लघुवित्त, ओरेन्टल होटल, सामलिङ्ग पावर कम्पनी लगायतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?