विभिन्न देशका अवैध मुद्रा लिएर दुवई जान लागेका २ भारतीय विमानस्थलबाट पक्राउ

लोकपथ
312
Shares

काठमाडौं । विभिन्न विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक इशाक खान र इब्राहिम खान रहेका छन् ।

आइतबार उनीहरु फ्लाई दुवइको उडानद्वारा काठमाडौंबाट दुवई जान लागेका उनीहरुको साथबाट अवैध १५ हजार १ अमेरिकन डलर, ६१० साउदी रियाल, ३६ ओमानी रियाल, ९२० युएइ रियाल र २००० भारतीय रियाल बरामद गरिएको छ ।

अवैध रकमसहित उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?