हलिउड अभिनेत्री रेजिना किंगका छोरा इयानले गरे आत्महत्या, घटनाबारे अनुसन्धान हुँदै

लोकपथ
468
Shares

काठमाडौं । हलिउड उद्योगबाट निकै दु:खद खबर बाहिर आएको छ । चर्चित अभिनेत्री तथा निर्देशक रेजिना किङका छोरा इयान अलेक्ज्याण्डरको मृत्यु भएको छ ।

हालै, इयानले आफ्नो २६औं जन्मदिन मनाएका थिए । रिपोर्टका अनुसार इयानले आत्महत्या गरेका छन् । तर, यसको कारण भने अझै स्पष्ट भइसकेको छैन ।

अचानक आएको यो दु:खद खबरले हलिउड उद्योगमा शोकको लहर छाएको छ । यसबारे धेरै सेलिब्रेटीले दुःख व्यक्त गरेका छन् । यो रेजिना र उनको परिवारको लागि एक धेरै कठिन समय हो। यो घटनापछि पूरै परिवार शोको छ ।

रेजिनाले म्यागजिनमा पठाएको विज्ञप्तिमा इयानको मृत्युको पुष्टि गर्दै भनिन्, ‘इयानको मृत्युले हाम्रो परिवार गहिरो चोट लागेको छ । उनी चम्किलो ज्योति जस्तै हुनुहुन्थ्यो, सधैँ अरुको खुशीको ख्याल गर्नुहुन्थ्यो, उनले भनिन् ।

इयान रेजिनाको एक्लो सन्तान थिए । एक अभिनेता र निर्देशकको रूपमा रेजिनाजत्तिकै सफल हुनुका साथै उनी ओस्कार विजेता पनि हुन्।

रेजिना भन्छिन् कि उनको छोरा इयान उनको गर्वको सबैभन्दा ठूलो स्रोत थिए। विवाहको नौ वर्षपछि रेजिना सन् २००७ मा इयानका पितासँग अलग भइन् । एकल अभिभावक हुनु रेजिनाको लागि सधैँ सजिलो थिएन, तर उनको आफ्नै छोराप्रतिको मायाभन्दा बलियो अरू केही थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?