सिरहा । सिरहाको गोलबजार ८ मैनाबती खोलाको पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
सिरहाको गोलबजार नगरपालिका ८ भाईजीटोलको पूर्वपट्टि मैनावत्ति खोलाको निर्माणधिन रिडबाधमा जमेको पानिमा तैरिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
आज बिहानै स्थानीयले पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेपपछि अहिले प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । लास पोस्टमाडमकोलागि लहान स्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल लहान पठाएको जिल्ला प्रहरी कार्यलाय सिरहाका एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया