रियल मड्रिडले रोमान्चक बराबरी खेल्दा बार्सिलोना विजयी

लोकपथ
195
Shares

काठमाडौं । इन्जुरी समयमा इडर मिलिटाओले गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले इल्चेसँगको हार टारेको छ ।

आइतबार राति घरेलु मैदानमा रियल मड्रिडले इल्चेसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

इल्चेबिरुद्ध २-० ले पछि परेको रियल खेलमा फर्कन सफल भएको हो । इल्चेको लागि लुकास बोए र पेरे मिल्लाले १-१ गोल गरे ।

रियलका लागि लुका मोड्रिक र इडरले १-१ गोल गरे । बराबरीसँगै रियल २२ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा यथावत छ । इल्चे २३ अंक जोडेर १५औँ स्थानमा छ ।

राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई १-० अन्तरले पराजित गर्‍यो । भ्रमणकारी टोलीलाई जित दिलाउन फ्राङ्क्रिई डि जोङले खेलको ८७ मिनेटमा निर्णायक गोल गरे । उनले फेरान टोरेसको पास सदूपयोग गरे ।

बार्सिलोना विजयी 

जितपछि बार्सिलोना २१ खेलबाट ३५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । अलाभेस भने २२ खेलबाट १७ अंकसहित रेलिगेशन जोनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?