गोलाप्रथाबाट नै सांसदको पद जान्छ

काठमाडौं–सुन्दा अचम्म लाग्न सक्छ, गोलाप्रथाबाट नै संसदको पद जान्छ भन्दा तर सत्य हो  । राष्ट्रिय सभाका ५९ सांसदको कार्याकालको विषयमा आज सोमबार गोलाप्रथाबाट निर्णय गरिने भएको छ ।

राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये १९ जनाको २ बर्ष, बाँकी ४० मध्ये २० जनाको कार्यकाल ६ बर्षको हुनेछ ।

जुन प्रक्रियाबाट पद रिक्त हुन्छ त्यही प्रक्रियाबाट निर्वाचन आयोगले रिक्त सदस्यको निर्वाचन गर्ने आजकोे नेपाल समाचारपत्रले खबर छापेको छ ।

राष्ट्रिय सभाको पहिलो बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यको पदावधि गणना गरिनेछ ।
पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?