१२ जेष्ठ २०७९, बिहीवार

मधेस सरकारले पुनः नेपालको आधिकारिक नक्सा राखेर राजपत्र प्रकाशित गर्‍यो

२०७८,माघ,९,आईतवार २१:५८

63
Shares

मधेस सरकारले प्रदेशको नाम र स्थायी राजधानीबारेको सूचना राजपत्रमा पुन : प्रकाशन गरेको छ । प्रदेशको नाम र स्थायी राजधानी दुई तिहाइ बहुमतले पारित भएपछि प्रदेश राजपत्रमा प्रकाशित गरिएको सूचनामा नेपालको नयाँ नक्सा (चुच्चे सहितको नक्सा) को ठाउँमा पुरानो नक्सा राखिएको थियो । यसरी राजपत्रमानै गल्ती नक्शा प्रकाशन गरिएपछि चर्को आलोचना भएको थियो ।

मधेस सरकारले आइतबार पुनः नेपालको आधिकारिक नक्सा राखेर राजपत्र प्रकाशित गरेको छ ।

प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले भुलवश हुन गएको प्राविधिक त्रुटी सच्याइएको जानकारी सहित मन्त्रालयले पुनः राजपत्र छापेको जानकारी दिए । झाका अनुसार सबै निकायलाई मधेस प्रदेश नाम कार्यान्वयन गराउन आग्रह गर्दै सरकारले राजपत्रमा प्रकाशित गरेको हो ।

प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामकरण तोक्ने प्रस्ताव सोही नियमावलीको अनुसूची ३ (ख) बमोजिम दर्ता भएका प्रस्तावमध्ये प्रदेशको नाम राजपत्रमा प्रकाशित गरिएको बताइएको छ ।

‘प्रस्ताव नम्बर १ मधेस प्रदेश नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भई प्रदेशको नामकरण मधेस प्रदेश कायम भएको व्यहोरा सार्वजनिक लिखित प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५ को दफा ५ को उपदफा (१) बमोजिम सभामुखबाट प्रमाणीकरण समेत भइसकेकाले सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशित गरिएको छ,’ मधेस प्रदेश सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २०७८,माघ,९,आईतवार २१:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संगती नमिलेको आरोप

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेको बताएका छन्

ताजा समाचार

रोमालाई युरोपा कन्फरेन्स लिगको उपाधि
 २०७९,जेष्ठ,१२,बिहीवार ११:४५
अस्वस्थ भएपछि ओलीले बसेरै गरे सम्बोधन
 २०७९,जेष्ठ,१२,बिहीवार ११:४०
फ्रेन्च ओपन : नाडाल तेस्रो चरणमा
 २०७९,जेष्ठ,१२,बिहीवार ११:३४
तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट
 २०७९,जेष्ठ,१२,बिहीवार ११:२१
धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित
 २०७९,जेष्ठ,१२,बिहीवार ११:१९